जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, २१ : ४१
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई सार्वजनिक बिदामा समेटेको छ।  प्रचण्ड नेतृत्वको सरकारले २०८० सालको फागुन १ का दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिनेगरी राजपत्रमा सूचना निकालेको हो। 

गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । यस्तै पुस २७ गते पृथ्वीजयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस