सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा भट्टराई

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, १५ : २५
सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा भट्टराई

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव कमल भट्टराईलाई तोकिएको छ। मन्त्रालयका सचिव कृष्णहरि पुस्करले बिहीबार भट्टराईलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। 

सचिव पुस्करले भने,‘ सहसचिव भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। अब मन्त्रालयका गतिविधि उहाँमार्फत सार्वजनिक गरिन्छ।’  मन्त्रालयको यसअघिका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङको गृह मन्त्रालयमा सरुवा भएपछि प्रवक्ता कसैलाई तोकिएको थिएन।

प्रतिक्रिया दिनुहोस