महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १५ : २३
महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

काठमाडौं । सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले सोमबार दरपिठ गरिदिएको हो । 

३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस