प्रचण्ड नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम गरेन् : भिम रावल

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, १२ : ०४
प्रचण्ड नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम गरेन् : भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम नगरेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत रावलले यो जनताको सरकार होइन भन्दै प्रश्न गरेका छन्। नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने नीति के हो ? भन्दै प्रश्न गरेका छन्।

‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।’रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैंची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’

प्रतिक्रिया दिनुहोस