आईसीसी विश्वकप लिग टु

पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, १२ : ४८
पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

प्रतिक्रिया दिनुहोस