चितवनबाट प्रचण्डले भने छविलाल पौडेल निर्दोष हुन्

सुरेन कुँवर

शुक्रबार, २९ असार २०७५, १७ : १९
चितवनबाट प्रचण्डले भने छविलाल पौडेल निर्दोष हुन्

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित छविलाल पौडेल निर्दोष रहेको दावी गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको रिङरोड शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले युद्धकालिन घटनाका व्यक्तिहरुलाई विभिन्न मुद्धा लगाउने षड्यन्त्र भईरहेको र अनाहकमा निर्दोष मानिसहरु फस्ने खतरा उत्पन्न भएको बताउनुभयो । 

यही कारण लोकतन्त्र माथि प्रश्न चिन्ह खडा हुने शंका बढेको छ ,उहाँले भन्नुभयो ,“हाम्रो विचारमा यहाँको कुनै पनि भूमिका छैन । केहि दिन भित्र अदालतबाट निर्दोष सावित हुने विश्वास लिएका छौ ।”

हामी कसै माथि अन्यया नहोस् भन्ने विषयमा सम्बेदनशिल रहेको भन्दै अध्यक्ष प्रचण्डले मडियामा हेर्दा छविलाल पौडेलले गल्ति गरेको होला जस्तो लाग्नु स्वाभाविक रहेको उल्लेख गर्नुभयो ।

प्रचण्डले निर्दोष व्यक्ति अनाहातमा फस्न नहुने तर्क गर्नुभयो । हामीले लोकतन्त्रको अभ्यासमा खतरा नआओस भन्दै सर्वच्च आदालतमा हाजिर हुन सुझाएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस