स्ववियु निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, ११ : ३५
स्ववियु निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिबार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबीविरोध भएको थियो । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित भएको छैन । यसअघि २०७३ चैत १५ गते निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस