एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ।
आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।
सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।
आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए।
यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ फागुन २०७९, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा