४ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २६ फागुन २०७९, १९ : ११
४ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

विराटनगर । नगद ४ लाख ७५ हजार रुपैयाँसहित विराटनगरबाट एक जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह रहेका छन् । उनी विराटनगरका चर्चित हुण्डी कारोबारी रहेको प्रहरीको दाबी छ । कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेका प्रहरीका अधिकारी बताउँछन् ।

प्रहरीले साहलाई बिहीबार नै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनको साथबाट हुण्डि कारोवारमा संलग्न कागजपत्र पनि फेला पारेको छ । पक्राउ परेका साहलाई प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस