आज सेयर बजारको कारोबार बन्द

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, ०९ : ३६
आज सेयर बजारको कारोबार बन्द

काठमाडौ । आज सेयर बजार कारोबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको  हो ।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।