फुजेल घटनाको बारेमा चर्चा गर्नु आवश्यक छैन : प्रचण्ड

सुरेन कुँवर

विहीबार, २८ असार २०७५, १७ : २३
फुजेल घटनाको बारेमा चर्चा गर्नु आवश्यक छैन : प्रचण्ड

चितवन । पुर्व प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुजेल घटनाको बारेमा धेरै चर्चा गर्न उचित नहुने बताउनुभएको छ । 
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नु हुँदै उहाँले अदालतको फैसलालाई सम्मान गरेर  जिम्मेवार भई समस्या समधानको वातावरण तर्फ लाग्नुपर्ने बताउनुभयो ।

छविलाल पौडेल अहिले कारागार हुनुहुन्छ ,उहाँले भन्नुभयो,“बाँकी कुरा अर्को पक्ष के गर्छ भन्ने कुरामा भर पर्छ । यस विषयमा टिप्पणी गर्दिन् ।”  

अनसनरत डा गोविन्द केसीको बारेमा आज (बिहिबार) मेडिकल एशोसियसनका पदाधिकारीहरुसँग कुराकानी भएको भन्दै उहाँले डा केसीलाई थप उपचारको लागि काठमाण्डौँ ल्याएर उपचार गर्न सुझाव दिएको जानकारी दिनुभयो । 
डा केसीको माग सम्बोधन गर्न वार्ता गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

चितवनलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने विषयमा आधिकारिक धारणा आई नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएकाले पार्टीको निर्णयले खासै महत्व नराख्ने जानकारी दिनुभयो ।
प्रदेश सभाले दुई तिहाई बहुमतद्धारा जुन ठाँउमा तोकिन्छ त्यही ठाँउ प्रदेशको राजधानी हुने उल्लेख गर्नुभयो । एउटा ठाँउलाई परिवर्तन गर्दा सबै ठाँउ बदल्न पर्ने भन्ने चारै तिर हावा पनि चलेको टिप्पणी गर्नुभयो ।

भरतपुरको रिङरोडको शिल्यान्सका लागि चितवन आई पुग्नुभएका प्रचण्डले चितवन मात्र नभई सिङगै राष्ट्रको समृद्धिमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । देशको समृद्धिमा जोड नदिए राजनीतिक परिर्वतन संस्थागत र सुदृढ नहुने उहाँको भनाई थियो ।


 
 

प्रतिक्रिया दिनुहोस