ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १० : २२
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ।नेपाल पुलिस र चर्च ब्वाइज, एपीएफ र थ्रीस्टार तथा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्न लागेका हुन्।पुलिस क्लब र चर्च ब्वाइजबीचको खेल च्यासल मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा हुने खेलमा एपीएफ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ।

यस्तै मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीचको खेल अपराह्न साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। शुक्रबार भएको उद्घाटन खेलमा खुमलटार फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको थियो।

यो पटकको लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस