नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १८ : १०
नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस