एजेन्सी । लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गर्दा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकालेको हो।
आर्सनललाई जिताउन गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक(एक गोल गरे। घरेलु मैदान इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति ४०औं मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले सुरूआती अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।
७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए। त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जित निश्चित गरे ।
यो जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि ५ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ। आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ। समान खेलबाटै सिटीको ५५ अंक छ। यता पराजित एभर्टनलाई रेलिगेसन खतरा बढेको छ। एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा