काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत खेलकुद क्षेत्रमा बजेट बढाइने घोषणा गरेका छन् । आज (मंगलबार) ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।आउने दिनमा खेल क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुन्छ’, उनले भने, ‘सिंगै राष्ट्र पनि सबल रुपमा अघि बढ्ने आधार निर्माण हुन्छ । आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने