सेयर बजार आज बन्द

सफल खबर संवाददाता

मंगलबार, ०९ फागुन २०७९, ०८ : ५५
सेयर बजार आज बन्द

काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।