पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १९ : ५९
पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा

काठमाडौं । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो ।

आगामी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विधामा हालसम्म झण्डै नौ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।

यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरुले नाम दर्ता गराएका छन् । यस्तै, १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।

४२ किलोमिटर दौडका विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस