लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा एक जना अनुपस्थित, ३०४ मत खस्यो

सफल खबर संवाददाता

बुधबार, २५ माघ २०७९, १५ : ४४
लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा एक जना अनुपस्थित, ३०४ मत खस्यो

दाङ । रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा ३०४ मत मात्रै खसेको छ । 

भर्खरै सम्पन्न उपनिर्वाचनमा ३ सय ४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको र अब मतगणना कार्य सुरु हुनेछ । 

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। जसअनुसार ३०४ मत खसेको हो । उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। 

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यखिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो। 

प्रतिक्रिया दिनुहोस