पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि प्रतिलिटर ३ रुपैयाँले बढ्यो

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, २१ : ३३
पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटिर ३ रुपैयाँ बढाएको छ । निगमले सोमबार राति एक विज्ञप्ति जारी गर्दै बढेको मूल्य मध्यराति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ । 

जसअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस