हेर्नुहोस्, सेमिफाइनलमा पुग्ने टिम र अबका प्रतिस्पर्धी

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २४ असार २०७५, १० : ४९
हेर्नुहोस्, सेमिफाइनलमा पुग्ने टिम र अबका प्रतिस्पर्धी

तस्विर : फिफा डटकम

चितवन । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् ।
शनिबार रातिको अन्तिम सेमिफाइनलमा  क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेसँगै अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । यसअघि शनिबार नै भएको  खेलमा स्वीडेनलाई २–० गोलले हराउँदै  इङ्ल्याण्ड विजय भएको थियो ।
त्यस्तै शुक्रबार बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइलको यात्रा तय गरेका थिए ।
अब आउँदो मंगलबारदेखि सेमिफाइनलका खेल हुनेछन् ।

 

सेमिफाइनलमा कसको प्रतिस्पर्धी को ?

असार २६
फ्रान्स विरूद्ध बेल्जियम (राति ११ः४५ बजे)

असार २७
क्रोएसिया विरूद्ध इंग्ल्याण्ड (राति ११ः४५ बजे)

 

प्रतिक्रिया दिनुहोस