काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।
उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने बताए। १२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने