यातायात कार्यालय सिरहाबाट चारजना बिचौलिया पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ माघ २०७९, ०८ : ३६
यातायात कार्यालय सिरहाबाट चारजना बिचौलिया पक्राउ

जनकपुर । यातायात व्यवस्था कार्यालय, लहान, सिरहाबाट चारजना बिचौलिया पक्राउ परेका छन्।

आइतबार लहान नगरपालिका( ८ स्थित रहेको यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र(बाहिर गर्ने, प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिक ३ बस्ने ४२ वर्षीय जिवछ ठाकुर, ३२ वर्षीय अनिल कुमार चौधरी, सिरहाको लहान ७ बस्ने ३३ वर्षीय नन्दन खेताङ्ग र नवराजपुर गाउँपालिका १ बस्ने ४१ वर्षीय विष्णुदेव यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

पटक(पटक जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय, लहानबाट खटेको प्रहरी टोलीले अनुगमन गर्दा चार जनालाई नियन्त्रणमा लिएको हो। सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय, लहानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस