काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बाहिरने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारहरूले प्रश्न सोधे - गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? प्रधानमन्त्री दाहालले जवाफ दिए-बनेपछि थाहा पाउनुहुन्छ।
प्रधानमन्त्री दाहालले यसबाहेक थप विषयमा कुराकानी गरेनन्।राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय दाबी गरिरहेको छ। सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए तर नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै गत शुक्रबार उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नेपाली नागरिकता पुनस् कायम गरिसकेका छन् भने आइतबार नै उनी रास्वपाको सभापति भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड