राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १४ : ११
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस