धनुषामा ६ जना अभियुक्त प्रहरीको हिरासत तोडेर फरार

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १० : १३
धनुषामा ६ जना अभियुक्त प्रहरीको हिरासत तोडेर फरार

जनकपुर । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् ।

राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । भाग्नेहरूमा  दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् ।

डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् ।  फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए । इलाका प्रहरीको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस