ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १२ : १९
ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ

ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । 

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो । यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो । 

विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । 

नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस