लिलामणि पौड्याल भन्छन् : बुझ्नै गाह्रो सर्वोच्चको फैसला !

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, ०९ : १६
लिलामणि पौड्याल भन्छन् : बुझ्नै गाह्रो सर्वोच्चको फैसला !

काठमाडौं । नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपालको पूर्व राजदूत लिलामणि पौड्यालले सर्वोच्चको फैसला बुझ्न कठिन भएको बताएका छन् ।

निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता विषयमा शुक्रबार सर्वोच्चबाट भएको उत्प्रेषण फैसला बुझ्न कठिन भएको उनले जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उनले फैसलाले लामिछानेलाई अनागरिक बनाएको कि नागरिकता लिने प्रक्रियामा जाउँ भनेको हो ? जिज्ञासा गरेका छन् ।

सञ्चार माध्यममा प्रकाशित समाचार र लामिछानेले मिडियामा दिएको प्रतिक्रियाले अनागरिक भएको भन्ने छ उनले जिज्ञासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस