अनेरास्ववियुद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

सफल खबर संवाददाता

शुक्रबार, १३ माघ २०७९, १० : ३५
अनेरास्ववियुद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर आर) को गेट अगाडि अनेरास्ववियुले शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ।

नेकपा एकीकृत समाजवादी नेकटको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रमा कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने निर्णय गरेसँगै यसको विरोधमा उ‍त्रिएका हुन्। यसअघि यी सबै पुस्तक जनक शिक्षाबाटै छापिन्थे।

विरोध प्रद्धशनमा प्रद्धशनकारीले शैक्षिक दलाल शिक्षा मन्त्री राजिनामा दे, शिक्षामा निजीकरण बन्द गर, जनशक्ति स्रोत साधन उपलब्ध गर र सार्वजनिक संस्था मास्ने काम बन्द गर लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस