काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तयारी थालिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको केही दिन पछि नै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन सक्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिनु अघि नै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बधाइ दिने क्रममा भारत भ्रमणको निम्तो दिएका थिए ।अहिले नेपाल र भारत दुवै मुलुकको तर्फबाट प्रधानमन्त्री प्रचण्डको भ्रमणका लागि कुटनीतिक प्रयास सुरु भएको हो ।
भ्रमणको निम्तो दिन भारतीय विदेशसचिव मनमोहान क्वात्रा नेपाल आउने पनि दिल्लीमा तयारी भइरहेको बुझिएको छ ।परराष्ट्र स्रोतका अनुसार राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देशबाट कुटनीतिक पहल भइरहेको हो ।
फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन गर्ने तयरी छ । उक्त निर्वाचन लगत्तै वा चैतको पहिलो सातातिर प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने तयारी रहेको हो ।प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमणको तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड