काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।
समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।
पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।
आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै