राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले गरे मनोनयन दर्ता

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १५ : १६
राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले गरे मनोनयन दर्ता

 दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न ।

कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको थियो । उनी रोल्पाका पूर्व सभापति हुन् ।सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस