सोमालियामा अमेरिकी सेनाको कारबाहीमा ३० जना लडाकुकाे मृत्यु

एजेन्सी

आइतबार, ०८ माघ २०७९, ११ : ५९
सोमालियामा अमेरिकी सेनाको कारबाहीमा ३० जना लडाकुकाे मृत्यु

एजेन्सी । सोमालियामा अमेरिकी सेनाले गरेको कारबाहीमा ३० जना विद्रोही लडाकुको मृत्यु भएको छ ।

अल शबाबको पकड रहेकोे गलकाड शहरमा अमेरिकी र अफ्रिकी कमाण्डमा रहेको संयुक्त सेना र विद्रोही लडाकुबीच भिडन्त हुँदा ३० जनाको मृत्यु भएको हो । गत वर्ष सोमालियामा अमेरिकी सैनिक पुनः तैनाथ गरिएपछि अमेरिकी र सोमाली सेनाले आतंकवाद विरोधी कारबाही गर्दै आएका छन् ।

सन् २०२० मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउनुभएको थियो । सोमालियाको आतंकवादी समूह अल सबाबले पछिल्लो समय अलकायदासँगको समन्वयमा आतंकवादी हमला गर्दै आएको छ ।

गत अक्टोबरमा अमेरिही सेनाको कारबाहीमा अल शबाबका २ जना सदस्य र १७ जना लडाकुको मृत्यु भएपछि आतंकवादी हमलालाई तीब्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस