सुर्खेतमा जिप दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, ०७ : ३४
सुर्खेतमा जिप दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । स्थानीय रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना भएको थियो । 

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् ।  जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको 

प्रतिक्रिया दिनुहोस