राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १५ : ०५
राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनीयताको शपथ दिएकी छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार उनलाई सिंहदरबारमा पद तथा गोपनियताको शपथ गराएका हुन् । 

उनी मंगलबार राज्यमन्त्रीमा नियुक्त भएपनि शपथ लिएकी थिइनन् । अन्य दुई राज्यमन्त्रीले भने मंगलबार नै शपथ दिएका थिए । प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस