न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिन्छौ : मेयर दाहाल

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १६ : ५८
न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिन्छौ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यानो कपडा वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताएकी छन। मंगलबार भरतपुर महानगरपालिकामा रहेका अटिजम विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै मेयर दाहालले भरतपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न यो कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गरिन्।

भरतपुरमा रहेका अटिजम विद्यालयमा अध्ययन गरिरहेका करिब ५ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । फरक क्षमता भएका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर न्यानो कपडा वितरण गरिएको मेयर दाहालले बताइन् ।

विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनको लागि महानगरपालिकाले विद्यार्थीमैत्री धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जानकारी दिइन्।निःशूल्क र आद्यारभूत शिक्षा उपलब्ध गराउन महानगरले विद्यालयको अवस्था हेरेर निःशूल्क बस वितरण, निःशूल्क खाजा, छात्रावृति लयायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यो सँगै भरतपुर महानगरपालिकाले यस वर्ष दिने न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । यस वर्ष १४ सय ३० जनालाई न्यानो कपडा वितरण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यलले जानकारी दिए।

यसअघि महानगरपालिकाले भरतपुरका १२ वटा सामुदायिक विद्यालयका विपन्न १ हजार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिसकेको छ । विषेश गरी चिसो मैसमका कारण विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित नहुन परोस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि न्यानो कपडा वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस