मन्त्रालय भागबन्डा लगाउन बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १८ : २९
मन्त्रालय भागबन्डा लगाउन बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको थियो । झण्डै ५ घण्टाको छलफल सकेर प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्को टुंगो लगाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस