काठमाडौं । पोखराको सेती खोँचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि बेपत्ता भएका एक जनाको शव फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीबाट एक जनाको शव निकालेको हो ।
पानीबाट निकालिएको उक्त शवलाई गण्डकी अस्पताल लगिने भएको छ । दुर्घटनामा परेका ३ जनाको अवस्था अझैँ अज्ञात छ । सशस्त्र प्रहरी बलका गोताखोरले अज्ञातहरुको खोजी गरिरहेको छ ।
बाँकी तीन जना बेपत्ताको खोजीका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। आइतबार बिहान १०ः ३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको थियो ।
जहाज दुर्घटनामा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। हालसम्म ६९ जनाको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु