मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १५ : २२
मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पुर्णता पाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन् । 

मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली विच वालकोटमा वार्ता भएको थियो । उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस