स्ववियुको निर्वाचन आउँदो ५ चैतमा हुने, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १६ : ४४
स्ववियुको निर्वाचन आउँदो ५ चैतमा हुने, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ । 

त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित् क्याम्पसहरुलाई महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको सूचनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस