नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, ११ : ३४
नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । 

वर्ष सकिएको ७ दिन भित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको छ । 

उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरेका थिए । आफ्नो भिडियो संदेशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए ।

प्रमुख कार्यकारी पराजुलीले अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको समेत बताए । नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका साथ साथै सम्मानित हुनेलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफुसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने कुरा बताइन् ।

कार्यक्रमको समापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने अभिकर्ता महानुभावहरुलाइ लाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कयालले आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउँदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न कम्पनी लालायित रहेको बताए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस