काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ ।सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो ।
‘विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने, दललाई मात्रै नभएर सांसदहरुसँग पनि कुरा गर्नका लागि पहल गर्न दलका नेताको निर्देशन भयो’, संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने ।
बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि सबै दलसँग कुरा गरेको बताएका थिए ।‘सबै दलसँग कुरा भएको छ,’ प्रचण्डको भनाइ थियो, ‘एकीकृत समाजवादीसँग पनि कुरा भएको छ । नेपाली कांग्रेस लगायतका दलहरुसँग पनि विश्वासको मत दिनका लागि हामीले अपिल गरेका छौं ।’
त्यस्तै बैठकमा सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण समेत भएको पाण्डेले जानकारी दिए । उपप्रधानमन्त्री एवम माओवादी राष्ट्रिय सभा दलका नेता नारायणकाजी श्रेष्ठले यसबारे सांसदहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र