बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, २० : ३२
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।

त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय सोमबार सकिँदैछ ।

त्यस्तै अरु प्रदेशमा पनि मुख्यमन्त्रीमा दावी पेश गर्ने दिन नजिकिँदैछ । नेताहरुका अनुसार कुन प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयमा छलफल हुनेछ । यस्तै, सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस