काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् । शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महराले आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको बताए ।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए । “एकथरी माओवादी नेताहरु एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ” महराले भने ।
आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराले ठोकुवा गरे । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, २२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ