पश्चिम नवलपरासीका एसपी कँडेल हेडक्वाटर तानिए

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, १२ : २०
पश्चिम नवलपरासीका एसपी कँडेल हेडक्वाटर तानिए

काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

छानबिनका लागी उनलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेकप्रसाद राईले बताए ।

कँडेलले तस्करलाई सघाएको आरोप सहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए ।