प्रधामन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १८ : ३०
प्रधामन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको अध्यक्ष ओली र प्रचण्डबीच समसामयिक राजनीतिको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले ७ दली सत्ता साझेदार दलक संयोजकसमेत हुन्, ओली । साथै, सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्ने भएकाले त्यस विषयमा पनि दुईबीच भलाकुसारी भएको बुझिएको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने भए पछि त्यस विषयमा पनि दुईबीच घनीभूत छलफल चलेको बताइएको छ । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड र ओलीबीच कहिले बालकोट त कहिले खुमलटारमा भेटवार्ता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस