अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पायो अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड

सफल खबर संवाददाता

सोमबार, १८ असार २०७५, १७ : ०३
अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले पायो अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड

चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले अाइतबार फ्रान्समा अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड  प्राप्त गरेको छ ।

अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै अाएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको हो ।

अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई आइतबार पेरिसमा आयोजित एक समारोहबीच स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टिफिकेट दिइएकाे हाे । अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै अाएको अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार दिइएको हो ।

प्रतिक्रिया दिनुहोस