नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ०७ : ५६
नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । 

नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।  संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए । 

निर्वाचनमा जनतासँंग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस