हेटौंडा । हेटौंडामा हात बाधेर झुन्डिएको अवस्थामा एक बालकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित हटियामा सोमबार हात बाँधिएको अवस्थामा एकजना बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अंन्दाजी १२ वर्षका मुस्कान भानिने सुजन थिङ दुबै हात बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्किले बताए । घरबाट करिब २ सय मिटरको दुरीमा रहेको सामुदायिक वनमा रुखमा कपडाको पासो लगाई बालक झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे जानकारी हुना साथ घटनास्थल सुरक्षीत गर्ने र शवको अनुसन्धान सुरु गरिएको उनको भनाई छ । बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो