बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १३ : ०४
बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

बाँके । बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस