काठमाडाैं। माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँलाई पार्टीले निलम्बन गरेको छ । पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो । गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो ।
बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनी ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमा माओवादीबाट काठमाडाैं-३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै